जनताको घरदैलोमा सभामुख



स्थानीय स्तरका आवाज संसद सम्म पुर्याउन संसद सचिवालयको अग्रसरता

धनवीर दाहाल, रुकुमकोट ।

प्रदेश सभा सचिवालय प्रदेश नं ५ ले स्थानिय स्तरका आवाजलाई प्रदेश सभामा उठाउनका लागी जनतासँग छलफलको थालनी गरेको छ ।

प्रदेश नं ५ का सभामुख पुर्ण घर्ती यति बेला आफ्नो गृह जिल्ला रुकुम पुर्वका नागरिक सँग छलफलमा रहेका छन् । स्थानीय जनप्रतिनिधि तथा नागरिक समाज, बिभिन्न कार्यालय तथा नागरिक सँग सामुहिक तथा बिषयगत निकाय एवं एक्लाएक्लै सभामुखले छलफल गरेका छन् ।

सोही कार्यक्रम अनुसार रूकुम पूर्वको सदरमुकाम रूकुमकोटमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जनताका आवाज प्रदेश सभामा उठाउने प्रक्रियावारे जानकारी दिन यस्तो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय तहका वडाध्यक्ष, प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखहरूको सहभागिता रहेको छ ।

उपसभामुख कृष्णि थारू तथा प्रदेश सभा सदस्यहरू तेजबहादुर वली, आशा स्वर्णकार, जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर वली, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटा लगाएतसँग छलफल भएको छ । यसै बिच आफुले चुनेर पठाएका प्रदेश सभा सदस्य पुर्ण घर्ती प्रदेश नं ५ को सभामुख भएपछि पहिलो पटक गृह जिल्ला आएका हुन् ।

सो अवसरमा सभामुख घर्तीलाई स्वागत गरिएको छ । रुकुम पुर्ब सिस्ने गाउपालिका स्थित रुक्मिणी माध्यमिक बिद्यालय परिवारले सभामुख घर्तिलाइ एक कार्यक्रमका बिच स्वागत गरेको हो । सभामुख घर्तिलाई बिद्यालय परिबारले स्वागत गर्दै बिद्यालय सुधारका लागि सहयोगका लागि पहल गर्न अनुरोध पनि समेत गरेको छ ।

स्वागत कार्यक्रमका सभामुख घर्तिले आफू यसै बिद्यालयबाट माध्यामिक स्तरको शिक्षा हासिल गरेको बताउदै आगामी दिनहरुमा पनि यस बिद्यालयमा अध्ययनरत बिद्यार्थी राज्यको उच्च तहमा पुगेर बिद्यालयको नाम राख्ने बताए । बिद्यालयको भौतिक निर्माण सहितका अन्य शैक्षिक सुधारका लागि आफुले सक्दो सहयोग र पहल गर्ने समेत उनको भनाई थियो । सभामुख भएपछि उनी बिद्यालयमा पहिलोपटक पुगेका हुन ।

प्रतिक्रिया दिनुहोस्