गिटी बालुवा निकासी क्षेत्रमा समन्वय समितिको अनुगमन



नेपाल समाचारपत्र, गुल्मी ।
जिल्ला समन्वय समिति गुल्मीले गिटी वालुमा निकासी क्षेत्रमा खोला तथा नदि जन्य क्षेत्रमा अनुगम गरेको छ । खोला किनारमा रहेका बस्ती तथा खेती योग्य जमिनहरुलाई क्षती हुने गरि गिटी तथा बालुवा निकासी नहोस भन्दै अनुगमलाई तिब्रता दिएको हो ।

जिल्ला समन्वय समिति गुल्मीको अगुवाईमा शुक्रवार सरोकारला सहितको टोलीलले छल्दी खोलामा अनुगम गरेको हो । छल्दी देखि हुलाके सम्म क्षेत्रमा खोलाबाट गिटी बालुवा निकासी गर्ने क्रममा खेती योग्य जमिन र नदि सिनारमा रहेका बस्तीहरुलाई जोखिम नहोस भन्दै अनुगम गरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रशाकिय अधिकृत चोलाराज शर्माले जानकारी दिए ।

अनुगमनको क्रममा केहि खोला किनारबाट निर्माधिन तम्घास सिमलटारी सडक र छल्दी बस्तु् जोडने पक्की निर्माणको लागि आबश्यक गिटी वालुवा प्रयोग गरेको अनुगमन समितिले जनाएको छ । खोलाबाट गिटी बालुवा निकाल्ने क्रममा स्थानिय बासीको कुनै पनि गुनासो नरहेको पाइएको शर्माले जानकारी दिए ।

खोलाबाट गिटी बालुवा निकाल्ने क्रममा उर्भर भूमी र बस्ती जोखिम पार्ने गरि निकासी नभएको अनुगम समितिले फेला पारेको शर्माले जानकारी दिए । नदि क्षेत्रमा अनाबश्य ठाउँमा गिटी बालुवा निकाल्दा वर्षातको समयमा जोखिम बढाउने गर्दछ ।

जिल्लामा खोला किनारमा गिटी बालुवा निकासी हुँने अन्य क्षेत्रमा पनि अनुगम भइरहेको शर्माले बताए । जिल्लामा रहेका खोला किनारबाट आन्तरीक प्रयोजनका लागि गिटी बालुवा प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्