चितवनमा ६८ कुष्टरोगका बिरामी,भरतपुर महानगरमा मात्रै ३७ जना



 

चितवन । चितवनमा ६८ जना कुष्टरोगका बिरामी फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ अनुसार जिल्लामा सबैभन्दा धेरै कुष्टरोगी भरतपुर महानगरपालिकामा छन् । भरतपुर महानगरपालिकामा मात्रै ३७ जना कुष्टरोगी फेला परेको भरतपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत जिवन कुमार श्रेष्ठले जानकारी दिए । उनले कम किटाणु भएका ३६ जना र धेरै किटाणु भएका १ जना विरामी फेला परेको बताए । प्रति १० हजार जनसंख्याको १ जना भन्दा कमलाई कुष्टरोग लागे रोग निबारण तर्फ उन्मूख भएको मानिन्छ,श्रेष्ठले भने,महानगरमा १.१३ प्रतिशत कुष्टरोगका बिरामी छन् । उनले महानगरका २३ स्वास्थ्य संस्था मध्य १३ वटा स्वास्थ्य संस्थ्यामा कुष्टरोगका विरामी फेला परेको बताए । कुष्टरोग निवारण गर्न महानगरका २९ बटै वडामा जेठ १४ देखी १८ गतेसम्म ३ सय ५६ जना स्वास्थ्यकर्मी परिचालन गर्न लागेको श्रेष्ठले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय कुमार झाले कुष्ठरोग औषधिले निको हुने भएपनि समाजमा कुष्ठप्रभावित व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको बताए । उनले कुष्ठरोगको कारण परिवारिक झैझगडा हुने भएकोले उनीहरुको पुनस्थापनामा राज्यले ध्यान दिनुपर्नेमा समेत जोड दिए ।

यो रोग जुनसुकै उमेर समूहका मानिसमा पनि लाग्न सक्छ । शरीर देखिएको दाग नचिलाउनु, छुदा थाहा नपाउनु, रातो र फुस्रो दाग देखा पर्नु, स्नायु सुनिने, हातखुट्टा झमझम हुने शरिरमा गिर्खा देखा पर्ने यो रोगका लक्षण हुन् । कुष्टरोग कम सर्ने रोग हो भने यो गाईकोब्याक्टेरीयम लेप्रो नामको किटाणुले रोग प्रतिरोधात्मक शक्ति कम भएमा लाग्छ । यो श्वास प्रश्वासको माध्यमवाट सर्ने रोग हो । रोग पत्ता लागेपछी नियमित औषधी सेवन गरे यो रोग निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्