बेपत्ताको स्मृतिमा प्रतिष्ठान गठन



दमक । द्वन्द्वका समयमा बेपत्ता भएका झापा, दमकका दुईजना युवाको सम्झनामा संस्था स्थापना गरिएको छ ।

बेपत्ता परिवारसहित सरोकारवालाको यहाँ सम्पन्न भेलाले पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठान संस्था स्थापना गरेका हुन् । प्रतिष्ठान संस्था दर्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालय झापामा दर्तासमेत भइसकेको छ ।

दमक–१ निवासी पुष्प बस्नेत र धीरेन्द्र बस्नेतलाई द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएको थियो । हालसम्म पनि राज्यले ती दुवै बेपत्ता दाजुभाइको अवस्था सार्वजनिक गरेको छैन । बेपत्ता परिवारले दुवैको अवस्था पटकपटक सार्वजनिक गर्न माग गरिआए पनि सुनुवाइ नभएपछि उनीहरुको सम्झनामा प्रतिष्ठान स्थापना गरिएको नवगठित प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेतले बताउनुभयो ।

नौ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा रमेश गुरागाई, सचिवमा महेन्द्र भट्टराई, सहसचिवमा राधिका डाँगी र कोषाध्यक्ष डण्डीराज घिमिरे र सदस्यमा भीमा घिमिरे, सुरेन्द्र बस्नेत, पुष्पराज ढकाल, वीरेन्द्र बस्नेत र कुलबहादुर बस्नेत रहनुभएको छ । प्रतिष्ठानले विभिन्न सामाजिक तथा जनहितकारी कार्य गर्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्