असारमा एसईई अफ द इयर



एसईईका विद्यार्थीबीच रिवन इन्टरटेन्मेन्ट प्रालिले यस वर्ष पनि मिस्टर एन्ड मिस एसईई अफ द इयर आयोजना गर्ने भएको छ।

चौथो संस्करणको मिस्टर एन्ड मिस एसईई अफ द इयर २०१८ एसईई दिएर बसेका विद्यार्थीको प्रतिभा र व्यक्तित्व विकासका लागि आयोजना गर्न लागिएको रिवन इन्टरटेन्मेन्टका अध्यक्ष निशुकान्त झाले बताए। आगामी असार २ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने प्रतियोगितामा छात्रतर्फ प्रशान्त भण्डारी, मेलिन राजपन्थ, कन्चन खत्री, अनुराग कार्की, कुमोद कार्तीकेयन बडु, आशिष श्रेष्ठ, प्रनिश मगरती, अधिक कार्की, उत्सव खतिवडा, गौरव नेपाल, नयन मगर, सन्दीप श्रेष्ठ, सुजन खुलाल, सोनम खड्का, अर्पण राई र विनम्र राउत गरी १६ जना निर्णायक प्रतियोगिताका लागि छानिएका छन्।

त्यसै गरी छात्रातर्पm अराध्या साह, रितिका खडका, इशा कर्ण, सविता शर्मा, अनिशा थापा, विनिशा शर्मा, प्रिया न्यौपाने, स्नेहा केसी, अपेक्षा लुईंटेल, स्रिजा खरेल, आरती सिंह, स्वस्तीमा न्यौपाने, मुनस्टोन आचार्य, आर्या पुडासैनी, सलिसा श्रेष्ठ, चन्दा श्रेष्ठ र आस्मा थपलिया गरी १७ जना निर्णायक प्रतिस्पर्धाका लागि चयन गरिएको छ।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन तथा श्रद्धा खरेलको संयोजनमा प्रतियोगीहरूलाई नयाँ बानेश्वरस्थित होटल रानी महलमा व्यक्तित्व विकास, नेतृत्व र कला क्षमतालगायतका विविध विषयमा विज्ञहरूद्वारा प्रशिक्षण प्रदान गरिरहेको आयोजक निशुकान्त झाले बताए। उनका अनुसार सबै प्रतियोगीलाई छात्रवृत्ति, गिफ्ट हयाम्पर र मोडलिङका अवसर प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्