‘कामदार फर्काउ’



सोल, (एजेन्सी)
उत्तर कोरियाले दक्षिण कोरियालाई दबाब दिने उद्देश्यले शनिबार सन् २०१६ मा त्यहाँ पुगेका १२ जना उत्तर कोरियाली रेस्टुरेन्ट कामदारलाई फर्काएर आपसी सम्बन्ध सुधार गर्न चाहेको उदाहरणीय नमुना पस गर्न आग्रह गरेको छ।

एउटा सञ्चार माध्यमले ती महिला कामदारमध्ये केहीलाई तिनीहरूको इच्छाविपरीत सोल पु¥याइएको भन्ने सार्वजनिक गरेपछि उत्तर कोरियाको रेडक्रसले सोललाई यो आग्रह गरेको हो। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास गरेको आशंकामा यसै साताको शुरूमा प्योंगयांगले सोलसँगको उच्चस्तरीय वार्ता रद्द गरेको थियो।

प्रतिक्रिया दिनुहोस्