चीनमा निजी स्तरबाट पहिलो रकेट प्रक्षेपण



बेइजिङ (एजेन्सी)
चीनले निजी स्तरमा विकास गरिएको पहिलो रकेट उत्तरपश्चिम चीनको प्रक्षेपण केन्द्रबाट शुक्रबार सफल प्रक्षेपण ग¥यो। निजि क्षेत्रको यो प्रगतिलाई चीनको महŒवाकांंक्षी अन्तरिक्ष अन्वेषण कार्यक्रमका लागि कोशेढुंगा भएको सञ्चार माध्यमले जनाएको छ।

सन् २०१२ मा सत्तामा आएपछि राष्ट्रपति सी जिन पिंगले अन्तरिक्ष उडानमा महाशक्ति बन्ने लक्ष्यलाई चिनियाँ सरकारको प्रमुख प्राथमिकता बनाएका थिए। उक्त योजनामा सन् २०२२ सम्ममा लामो समय मानव बस्न सक्ने अन्तरिक्ष केन्द्र पठाउने लक्ष्य निर्धारण गरिएको थियो।

बेइजिङस्थित फर्म वनस्पेस टेक्नोलोजीले विकास गरेको ‘चाेंगक्विंग लियङजियांग स्टार‘ नामक उक्त रकेट पृथ्वीको कक्षमा सफलतापूर्वक प्रवेश गर्ने पहिलो गैरसरकारी चिनियाँ रकेट भएको सरकारी समाचार एजेन्सी सिन्≈वाले जनाएको छ।

उक्त रकेटमा वन स्पेसले विकास गरेको ठोस इन्धन प्रयोग हुने इन्जिनको प्रयोग भएको छ र यसको नियन्त्रण प्रणाली प्रयोगकर्ताको माग र आवश्यकताअनुसार समायोजन गर्न सकिने कम्पनीका प्रमुख मा चाओले सिन्≈वालाई बताए।

ओएस–एक्सओ भनेर पनि चिनिने उक्त अन्तरिक्ष यानले सय किलोग्राम भार बहन गर्न सक्ने र त्यसलाई पृथ्वीबाट ८ सय किलोमिटर माथि अन्तरिक्ष कक्षमा स्थापित गर्न सक्ने सिन्≈वाले जनाएको छ।

उक्त रकेटमा उर्जा बचत प्रविधिको प्रयोग भएको छ। यसमा तारमाध्यमको इन्टरनेटको सट्टा तारविहीन सञ्चार प्रयोग गरी तौल घटाइएको र यसले इन्धन खर्च करिब ३० प्रतिशतले घटाउन मद्दत गरेको सिन्≈वाले जनाएको छ।

सन् २०१५ मा स्थापित वन स्पेस चीनको व्यावसायिक अन्तरिक्ष उडान तथा यसमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने सरकारको प्रयासको नतिजा भएको सरकारी सञ्चार माध्यमले जनाएको छ। उक्त कम्पनीले सन् २०१९ मा १० वटा अन्तरिक्ष उडान भर्ने अनुमान गरिएको संस्थापक सू चाङले सरकारी अखबार चाइना डेलीलाई गतहप्ता बताएका थिए।

‘हामी विश्वमा साना उपग्रह प्रक्षेपण गर्ने सबैभन्दा ठूलो कम्पनी हुनेछौं भन्ने मैले आशा गरेको छु’ –सुले बताए।

गतवर्ष कम्पनीले सरकारी चोङक्विंग लियागंजियांग एभिएसन इन्डस्ट्री इन्भेस्टमेन्ट ग्रुपसँग दक्षिणपश्चिम सहर चोङक्विंगमा संयुक्त अनुसन्धान तथा निर्माणकेन्द्र निर्माण गर्न एक सम्झौता भएको थियो।

यो केन्द्र सीको एक प्रमुख विदेश नीतिअन्तर्गतको बेल्ट एन्ड रोड इनिसियटिभको रणनीतिक स्थानमा पर्छ। यस परियोजनाको उद्देश्य चीन र युरेसियाबीच व्यापारका लागि रेल, सडक र जलमार्गको सञ्जाल निर्माण गर्नु रहेको छ।

प्रतिक्रिया दिनुहोस्