सारिकाको कन्फ्युजन



नायिकाबाट गायिकाको परिचय बनाउने प्रयासमा रहेकी सारिका घिमिरेको स्वरमा अर्को गीत कन्फ्युजन सार्वजनिक भएको छ।

गीतमा गायक धु्रव विश्कोले सारिकालाई कन्फ्युजन त्यो दिलको डिलिट गर भनेका छन्। अविनास थापाको शब्द तथा ध्रुव र सारिकाको स्वर रहेको गीतमा भीम बिसीको कम्पोज रहेको छ। गीतको म्युजिक भिडियोमा चपुर हिरोज क्र्यु र केवीका खत्रीका साथै सारिका र धु्रवलाई फिचरिङ गरिएको छ। राज खत्रीको निर्देशन रहेको गीतको भिडियोलाई जनकराज अधिकारीले छायांकन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्