चलचित्र पत्रकारिता दिवसमा सम्मान र पुरस्कार



चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाको दिन जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रुपमा मनाउने परम्परालाई कायम राख्दै सोमबार राजधानीमा एक समारोह आयोजना गरी चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

१९अँैं स्थापना दिवसका अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बासकोटाद्वारा चलचित्र पत्रकारद्वय ध्रुव लम्साल र दयाराम पाण्डेलाई चलचित्र पत्रकारिता सम्मान तथा लक्ष्मण सुवेदी र सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सुवेदी र थापालाई पुरस्कारस्वरुप जनही नगद २१ हजार रुपियाँ प्रदान गरिएको छ।

त्यसैगरी अघिल्लो वर्षदेखि प्रदान गर्दै आएको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार यसवर्ष अञ्जान दाहाल (मनिष) लाई प्रदान गरिएको छ। उनलाई पुरस्कारस्वरुप ल्यापटप पनि प्रदान गरिएको छ।

संघका अध्यक्ष सन्दीप सापकोटाको सभापतित्वमा सम्पन्न समारोहमा बोल्दै राज्यमन्त्री बासकोटाले चलचित्र पत्रकारिताको शुरुआती चरणमा नेपाल समाचारपत्रको सहप्रकाशन कामनाले योगदान गरेको चर्चा गर्दै चलचित्र पत्रकारको तथ्य लेखाइबाटै चलचित्र क्षेत्रले उन्नति गर्नसक्ने बताए। उनले बक्स अफिस जसरी पनि लाग्ने बताए।हलवाला साथीहरुलाई चित्त दुख्न सक्छ। चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलललाई मैले भन्दिएको छु कि बक्स अफिस चलाउनु, नत्र छोडेर जानुस्। हलवालाका पनि केही कुरा छन् भने आउनुस् बसेर छलफल गरौंला बासकोटाले भने- ‘लले त एकपटक लगानी गर्ने हो पछि मर्मतमात्र गर्ने हो। फिल्मको व्यापार बिग्रियो भने लगानी डुब्छ भन्ने कुरा मैले बुझेको छु।

त्यसैगरी संघका संस्थापक अध्यक्ष भरत शाक्यले संघको स्थापना गर्दा यसरी चलचित्र पत्रकारिता दिवस मनाउनबारे सोच्ने अवस्था नभएको स्मरण गर्दै चलचित्र पत्रकारितालाई मूलधारको पत्रकारितासरह भएको प्रमाणित गर्नुपर्ने चुनौती रहेको बताए। संघका पूर्वअध्यक्ष विदुर गिरीले चलचित्र पत्रकारितालाई मर्यादित बनाउनेतर्पm ध्यान दिन आग्रह गर्दै विभिन्न देशमा हुने चलचित्र मेला र महोत्सवमा चलचित्र पत्रकार र कलाकर्मीलाई पनि सहभागी गराई यो क्षेत्रले लाभ लिन चुक्न नहुनेमा ध्यानाकर्षण गरे।

संघका महासचिव अनिल यादवले स्वागत गरेको कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले राज्यमन्त्री बासकोटाको कार्यकालमा यो क्षेत्रले उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे भने नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदयले पुरस्कृत र सम्मानित पत्रकारहरुलाई बधाइ दिए। संघका अध्यक्ष सन्दीप सापकोटाले चलचित्र पत्रकारलाई पनि चलचित्र विकास बोर्डजस्ता निकायमा समेट्न आग्रह गरे।

समारोहमा केक काटेर संघको वार्षिकोत्सव मनाइएको थियो भने नेपाल पत्रकार महासंघको प्रदेश सभाका विजयी सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्