तेक्वान्दोमा नेपाल च्याम्पियन



काठमाडौं, (नेस)
दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको ग्यरोगी विधामा नेपाल च्याम्पियन भएको छ।

आइतबार सम्पन्न सिनियर, जुनियर र क्याडेट गरी ३ विधामै नेपाल च्याम्पियन हुन सफल भएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भएको अन्तिम दिनको खेलमा सिनियरतर्पm नेपाली राष्ट्रिय टिम ‘बी’ सम्मिलित टोलीले ८ स्वर्ण र १ कांस्य पदक जित्दै नेपाललाई च्याम्पियन बनाउन सफल भयो।

नेपाल आर्मी (उपत्यका डिभिजन) ले ३ स्वर्ण, ७ रजत र २ कांस्य पदक जित्दा दोस्रो भयो। बंगलादेशले १ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै तेस्रो स्थान हात पार्न सफल भयो। सिनियरतर्पm राष्ट्रिय टिम ‘बी’ का रेजिना कार्की र विक्रान्त डंगोल बेस्ट प्लेयर घोषित भए।

राष्ट्रिय टिमका लागि महिलातर्पm ४९ केजीमा रेजिना कार्की, ४६ केजीमा काजल श्रेष्ठ, ५३ केजीमुनि सन्ध्या सिंह, ७३ केजीमुनि अप्सरा कार्की र ७३ केजीमाथि सुमित्रा केसी र पुरुषमा ६८ केजीमुनि निश्चल श्रेष्ठले स्वर्ण दिलाएका थिए। नेपाल तेक्वान्दो संघको तत्वावधान एवं युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपमा क्याडेटतर्पm नेपालकै युनाइटेड तेक्वान्दो डोजाङले २ स्वर्ण र ४ रजत जित्दै पहिलो भयो। च्याम्पियनसिपमा आयोजक नेपालसहित कुल १३ राष्ट्र सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्