दुर्घटनाग्रस्त विमानको सुरक्षाबारे पहिल्यै गुनासो



हवाना, (एजेन्सी)
हालै क्युबामा दुर्घटना भएको मेक्स्किन चार्टर कम्पनीको सुरक्षाबारे विगतमा गुनासाहरु गरिएको २ जना पूर्वपाइलटले आइतबार बताएका छन्। कुल १ सय १० जना सवार सो विमान शुक्रबार अपरा≈न हवाना विमानस्थल नजिक दुर्घटनाग्रस्त हुँदा ३ जनामात्र बाँच्न सफल भएका थिए।

तीमध्ये एकजना पाइलटले ८ वर्षअघि डामोज एयरलायन्सबाट भाडामा लिइएको सो विमान कसरी रडारबाट पूर्णतः बाहिरिन पुगेको भन्ने स्मरण गरेका छन्। अर्को पाइलटले सो विमानको राम्ररी मर्मत हुने नगरेको गुनासो गरेका छन्।

मेक्सिकन सम्बन्धित निकायले उक्त कम्पनीको सुरक्षा परीक्षण गराउने बताएको छ। उड्ययन सेवाको ३० वर्षभन्दा लामो इतिहासमा पहिलोपटक यस विमान दुर्घटनाको क्रममा ३ जना महिलाको ज्यान जोगिएको हो। यस दुर्घटनामा १० जना धर्माधिकारी र तिनीहरुका पत्नी पनि मारिएको हिजो सार्वजनिक गरिएको छ।

क्युबाली सरकारले यस दुर्घटनाबारे औपचारिक अनुसनधान शुरू गरिसकेको छ। राजधानी हवानादेखि करिब २० किमि दक्षिणमा पर्ने दुर्घटनास्थलमा अझै उद्धारकर्मीहरु शव निकाल्ने काममा जुटिरहेका छन्। नराम्ररी जलेका ३ जना यात्रुको स्थिति पनि निकै चिन्ताजनक रहेको अस्पताल सुत्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्