आईपीएलमा सन्दीपको सनसनी



कविरस शर्मा, काठमाडौं
एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन्।

आफ्नो तेस्रो तथा अन्तिम म्याच खेल्ने क्रममा दिल्ली डियरडेभिल्सका तर्फबाट चामत्कारिक प्रदर्शन गर्दै उनले ३ विकेट लिएका हुन्। आइतबार भएको खेलको पहिलो ओभरमै सफलता हात पारेका उनले त्यसपछि नवौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै थप २ विकेट लिएका थिए।

मुम्बई इन्डियन्सविरुद्ध दिल्ली डेयरडेभिल्सका मुख्य बलरको भूमिका निर्वाह गर्ने क्रममा पहिलो ओभर बलिङ गर्दै उनले १३ रन खर्चिएर प्रारम्भिक ब्याटस्म्यान सूर्यकुमार यादवलाई चौथो बलमा आउट गरेका थिए। पहिलो र दोस्रो बलमा चौका र छक्का खाए पनि चौथो बलमा सन्दीपले सूर्यकुमार यादवको विकेट लिन सफल भए।

नवौं ओभरको पहिलो बलमा नै उनले किरन पोलार्डको विकेट लिएका थिए। त्यसपछि क्रिजमा आएका कुणाल पाण्डेयलाई उनले ओभरको चौथो बलमा आउट गरेका थिए। सन्दीपको तीनै विकेट क्याच आउटमार्फत भएको हो।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। दिल्लीका लागि रिसव पन्तले ४४ बल खेल्दा समान ४ चौका र छक्काको मद्दतमा सर्वाधिक ६४ रन बनाए। विजय शंकरले ३० बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा नटआउट ४३ रनको योगदान गरे।

१ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बई १९.३ मा १ सय ६३ रनमा अलआउट भएको थियो। मुम्बईलाई जितबाट रोक्न मिश्रा र सन्दीपले लिएको ३–३ विकेट महत्वपूर्ण र≈यो। हर्सल पटेलले पनि ३ विकेट लिएका थिए। मुम्बईका लागि एभिन लेविसले ४८, बेन कटिङले ३७ तथा हार्दिक पाण्ड्याले २७ रन बनाए।

१७ वर्षीय लेग स्पिनर सन्दीपले पहिलो ओभरमै सूर्यकुमार यादवको विकेट लिँदै सुखद् शुरुआत गरेका थिए। त्यसपछि १०औँ ओभर बलिङ गरेका सन्दीपले एकै ओभरमा किरण पोलार्ड र कृनल पाण्ड्यालाई आउट गरे। मिश्राले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए।

हारसँगै मुम्बई प्लेअफ होडबाट आउट भएपछि राजस्थानलाई फाइदा पुगेको छ। राजस्थानको १४ खेलबाट १४ अक छ। मुम्बईले समान खेलबाट १२ अंक मात्र जोड्न सक्यो।

सन्दीपको टिमले जित्दा मुम्बई बाहिरियो

नेपाल युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्स विजयी हुँदा मुम्बई इन्डियन्स बाहिरिएको छ। सन्दीप र भेट्रान लेग स्पिनर अमित मिश्राले उत्कृष्ट बलिङ गरेपछि साविक विजेता मुम्बई इन्डियन्स आईपीएलको अन्तिम लिग खेलमा दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएको हो। हारपछि साविक विजेता मुम्बई प्लेअफ पुग्न असफल भएको छ।

प्रतिक्रिया दिनुहोस्