मलेसिया जाने कामदारलाई ठग्ने भिएलएनका अध्यक्ष राम श्रेष्ठ सहित दर्जन पक्राउ



काठमाडौ । मलेशियामा रोजगारीमा जाने नेपाली श्रमिकलाई ठगी गर्ने प्रमुख योजनाकार भिएलएन अध्यक्ष राम श्रेष्ठलार्य प्रहरीले पक्राउ गरेको छ ।
श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले मलेसिया जाने श्रमिक माथि ठगी गर्नेमाथि कारवाही गर्ने घोषणा गरेको तीनदिन पछि ३९ वटा बिभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि र कामदारसंग करोडौ रकम उठाउन प्रमुख भुमिका खेल्ने श्रेष्ठ सहित १ दर्जन भन्दा बढी ठगहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी बिश्वराज पोखरेलले जनाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्