राष्ट्रियसभामा एकता बालुवाटारमा भोज



काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिघटन भई बन्न लागेको नेपाल कम्युनिष्ट पार्टीको एकता घोषणा सभाको लागि राष्ट्रियसभागृहमा ब्यानर तयार गरिएको छ । भर्खरै राष्ट्रियसभागृहको मुख्य मञ्चमा ब्यानर लगाइएको छ ।

ब्यानरमा हसिया हथौडाको चिन्ह मात्रै समावेश गरिएको छ भने कुनै नेताको फोटो राखिएको छैन । ‘नेपाल कम्युनिष्ट पार्टी एकता घोषणा कार्यक्रम’ लेखिएको ब्यानर भर्खरै टाँगिएको हो ।

उता‚ बालुवाटारमा पार्टी एकताको लागि बसेको बैठकपछि भोज खुवाउने तयारी गरिएको छ । बालुवाटारमा भोज खुवाउन क्याटरिङले काम सुरु गरेको फोटा विभिन्न सञ्चार माध्यमहरुमाफर्त बाहिर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्