पार्टी एकता अनुमोदन



काठमाडौं । आजै पार्टी एकता गर्ने अभियानमा रहेका नेकपा एमाले र माओवादीको संयुक्त पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकता सम्बन्धी यसअघि भएका सबै सहमति अनुमोदन गरेको छ ।

केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकता संयोजन समितिको बैठकले पार्टीको सांगठानिक संरचना, निर्वाचन चिन्ह र मार्गदर्शक सिद्धान्तलगायतका विषयमा भएको सहमति अनुमोदन गरेको हो । संयोजन समितिले पार्टी संरचनामा सामान्य संशोधन गरेको छ । जस अनुसार पार्टीको उच्च तहमा नौ सदस्यीय सचिवालय रहनेछ ।

यसैबीच, नेकपा एमाले र माओवादी केन्द्रका केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक सुरु भएका छन् । एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादी केन्द्रका खुमलटारमा बैठक जारी छ ।

दुवै पार्टीको केन्द्रीय समितिको बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा आजै संयुक्त केन्द्रीय समितिको बैठक बसेर पार्टी एकता र नयाँ पार्टीको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्