अणुबम खसाल्दासमेत नमरेको विरुवा पार्टी एकताकै दिन ओली र प्रचण्डले रोपे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन् ।

वृक्षारोपण गरेपछि वाम एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको हो । पार्टी एकताको औपचारिक घोषणाका लागि संयोजन समिति बैठक बसेको हो । दुबै दलका शीर्ष नेता बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले एक(एक वटा जीन्को वाइलोवा नामको विरुवा रोपेका हुन् । पार्टी एकता संयोजन समितीका अन्य नेताहरुले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरुवा रोपेका थिए ।

जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ । प्रत्येक ६ महिनामा पातको रंग फेरिने यो विरुवा जापानी प्रजातिको हो । र‚ दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा अणुबम खसाल्दासमेत मरेको थिएन ।

संयोगबस आजै एमाले र माओवादी केन्द्रबीच एकता हुँदैछ । र‚ दुई पार्टीबीच एकता भएर नयाँ पार्टीको रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुअघि नेताद्वयले अणुबमले पनि मार्न नसकेको रुख रोपेका छन् । यो विरुवा जस्तै एकतापछिको पार्टी पनि अमर रहने नेताहरुले विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्