सगरमाथा आरोहणमा नयाँ कीर्तिमान, कामिरीता शेर्पाले २२औं पटक सगरमाथा चढे



नेपाल समाचारपत्र
काठमाडौं
२२औं पटक सगरमाथा आरोहण गर्दै नयाँ कीर्तिमान कायम भएको छ। आरोही कामिरीता शेर्पाले बुधबार विश्वको सर्वोच्व शिखरको टाकुरामा पाइला टेक्दै विश्व कीर्तिमान कायम गर्नुभएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सम्र्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार शेर्पाले बुधबार २२औं पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर विश्व कीर्तिमान कायम गर्नुभएको हो। २१ पटक सगरमाथाको आरोहण गरेका आप्पा शेर्पाको रेकर्ड तोड्दै सोलुखुम्बुका शेर्पाले ४८ वर्षको उमेरमा २२ पटक सगरमाथा चढ्नुभएको हो।

बुधबार ९४ जना आरोहीले विश्वको सर्वोच्व शिखर सगरमाथाको आरोहण गरेका थिए। फरक फरक समयमा विभिन्न समूहमा रहेका आरोहीहरूले बुधबार आरोहण गरेको मन्त्रालयका सम्र्पक अधिकृत श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्