आलिया आफ्ना कपडा बेचेर समाजसेवा गर्दै



बलिउड नायिका आलिया भट्ट फिल्ममा मात्र होइन सामाजिक कार्यमा पनि अगाडि देखिएकी छिन्। भारतीय सञ्चार माध्यमले जनाएअनुसार उनी आफ्नो दराजबाट केही मन पर्ने सामान लिलाम गर्दै छिन्।

उनीसँग यस्ता धेरै कपडा तथा अन्य सरसामान छन्, जुन उनी फेरि लागाउन पनि चाहँदिनन् र कसैलाई गिफ्ट दिन पनि काम लाग्दैनन्। उक्त सामान लिलामीबाट आउने रकम भने उनले एक संस्थालाई प्रदान गर्नेछिन्। उक्त संस्थाले पुराना प्लास्टिकका बोतल रिसाइकल गरी बिजुली बत्तीको पहँच नभएका समुदायलाई सौर्य ऊर्जा प्रदान गर्छ।

उनले एक अन्तरवार्तामा आफू पर्यावरणलाई लिएर निकै सजग भएको र प्लास्टिकले पर्यावरणलाई निकै नोक्सान पु¥याएकाले यसका लागि केही गरौं भन्ने उद्देश्यले यो काम गर्न लागेको बताएकी छिन्।

‘पछिल्लो तीन महिनादेखि म मेरो दराजमा भएका सामानको लिलामीका बारेमा सोचिरहेकी थिएँ।किनभने बितेका वर्षमा मैले यस्ता सामान किने कि जुन मलाई न फेरि प्रयोग गर्नु छ, न त कसैलाई गिफ्ट नै दिनु छ। म आफ्ना कपडादेखि दिक्क हुन्छु र मलाई सधंै नयाँ कपडा चाहिन्छ’, उनले भनेकी छिन्– ‘जहाँसम्म स्टाइलको कुरा छ, मलाई साधारण र आरामदायी कपडा चाहिन्छ र म कपडा किन्दा ब्रान्डलाई जोड दिन्न।’

उक्त सामान १९ र २० मेमा भारतको खारस्थित रात्रि बजारमा लिलामी गरिनेछ। जहाँ आलियाले टी–सर्टदेखि लिएर स्कर्टसम्म बिक्री गर्दैछिन्। उनले फिल्म शानदारको प्रोमोसनका क्रममा लगाएका कपडा पनि उक्त लिलामीमा रहने समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्