भोलि बिहानै एमाले माओवादी एक आपसमा बिलय हुने



काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकिरण भएपछि केन्द्रिय समिति ४४१ र स्याथी समिति ४३ सदस्यीय हुने भएको छ । नेकपा एमालेले पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीकोे खाका तय गरेको छ । जसमा नेकपा एमालेको केन्द्रिय समिति तथा स्थायी समितिमा बहुमत हुने भएको छ । ४ सय ४१ सदस्यीय केन्द्रिय समितिमा नेकपा एमालेको तर्फबाट २सय ४१, माओवादीको तर्फबाट २सय र स्थायी समितिमा एमालेको तर्फबाट २५ र नेकपा माओवादीबाट १८ जना सामेल हुने बताइएको छ । सो पार्टीको चुनाव चिन्ह भने सुर्य नै रहने भएको छ ।
भोलि बिहान बल्खुमा आयोजना हुने २५ औं मदनआश्रित स्मृती दिवसको अवसर पारेर दुवै दलका नेताले पार्टी एकताको घोषणा गर्ने र भोलि नै निर्वाचन आयोगमा नयां पार्टी दर्ता हुने एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्