चलचित्र लुटका निर्माता माधव वाग्ले सहित ६ जना नक्कली २ करोड ५० लाख नेपाली रुपिया सहित पक्राउ



 

काठमाडौ । महानगरीय प्रहरी परिसर काठमाडौले २ करोड नेपाली नक्कली नोट सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चलचित्र लुटका निर्माता सहित ६ जना रहेको परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिश्वराज पोखरेलले जानकारी दिनुभयो ।
राजधानीमा नक्कली नोटको कारोवार तीव्र भएको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले छापा मार्दा ती नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ । नक्कली नोटले राजधानीका बिभिन्न स्थानमा बिल तिर्ने, बेश्यालयमा बेश्यागमन गरेपछि पैसा तिर्ने जस्ता काम गर्दै आएको पाइएको एसएसपी पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्