फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटायो



काठमाडौं । संसारभर करोडौं मान्छेले फेसबुक प्रयोग गर्छन् । यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन् ।

फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप पनि खेप्दै आएको छ ।

यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोस्ट र ॅफेक’ अकाउन्टहरू डिलिट गरेको छ । सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटाएको छ । कम्पनीका अनुसार हाल भइरहेका अकाउन्टमध्ये पनि ३ देखि ४ प्रतिशत फेक नै छन् ।

त्यस्तै कम्पनीले ८६ करोड ५० लाखभन्दा बढी पोस्टहरू पनि हटाएको छ । हिंसा फैलाउने‚ आतंकवादी गतिविधिसँग सम्बन्धित‚ अश्लिलता झल्काउने किसिमका तस्बिर प्लेटफर्मबाट हटाइएको हो ।

त्यस्तै फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका २०० वटा एप्स पनि हटाएको छ । यी एपबाट प्रयोगकर्ताको निजी डाटा गलत रूपमा प्रयोग हुने खतरा रहेको कम्पनीको भनाइ छ ।

केही समयअघि फेसबुकले आफ्नो प्लेटफर्ममा के–के पोस्ट गर्न नमिल्ने भन्ने सूची नै जारी गरेको थियो । जसअनुसार कुनै पनि नग्न तस्बिर‚ हिंसा र आक्रोश फैलाउने‚ आतंकवादी गतिविधिलाई बढावा दिने जस्ता पोस्ट नगर्न बताएको थियो ।

फेसबुकको मापदण्डभन्दा बाहिर गएर पोस्ट गर्नेको अकाउन्ट बिना जानकारी डिलिट वा ब्लक हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्