बृहद् महाभारत पदमार्गकोे दोस्रो खण्डका लागि टोली प्रस्थान (फोटो फिचर)



काठमाडौं । समृद्ध सिन्धुली अभियानले बृहद् महाभारत पदमार्गको एतिहासिक सिन्धुलीगढीदेखि फिक्कल खण्डको अध्ययन गर्न टोली त्यसतफर् प्रस्थान गरेको छ ।

अध्ययन टोलीले चैतमा काभ्रेको नमोबुद्धदेखि सिन्धुलीगढीसम्म महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गरेको थियो । ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गनर्े छ । टोलीले सिन्धलीकै अध्ययन टोलीमा पर्यटनविज्ञ‚ समाजशास्त्री‚ भिडियोग्राफर‚ नक्साङ्कनकर्तालगायतका विज्ञहरु सहभागी छन् ।

समृद्ध सिन्धुली अभियानको टोली पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गनर्े अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए ।

राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिन्छ । यस मार्गलाई खगोल‚ जीवजन्तु‚ चराचुरुंगी र बनस्पत्ति अध्ययनमा उपयोग गर्न सकिने अभियानको यसअघिको अध्ययनले देखाएको संयोजक लीलानाथ घिमिरेले बताए ।
बाटोमा पनर्े गाउँहरुमा होमस्टे संचालन‚ पदमार्गको सुधार र पदमार्गमा पनर्े स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउने अभियानको उद्देश्य रहेको अर्का अभियन्ता दीपक श्रेष्ठले बताए । राजधानी र तराइबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने संभावना देखिएको उनले बताए ।

यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती‚ संस्कृति‚ रहनसहन‚ वातावरण‚ बनस्पति‚ सार्बजनिक स्थलहरु‚ झरना‚ गुफालगयातका हेर्नलायक स्थलहरु‚ होमस्टेको सम्भावनालगायतका कुराहरुको अध्ययन गनर्े अभियानले जनाएको छ ।

‘अध्ययनका क्रममा पुगेका स्थलहरुको डिजिटल‚ एनालग नक्सा‚ फोटो‚ भिडियो‚ स्थानीय स्तरमा प्राप्त कथाहरु संकलन गरिने संयोजक लीलानाथ घिमिरेले बताए ।

यात्रामा समृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे‚ सौरभ ढकाल‚ दीपक श्रेष्ठ‚ फोटो ग्राफर गणेश भण्डारीलगायत छन् ।
महाभारत ट्रेल अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ । अध्ययनमा स्टोरी साइकल‚ आवर ड्रिम सिटीलगायतका संस्थाले सघाएका छन् । यात्रीलाई शिखर सुज‚ शिवाकोटी ब्यागलगायतले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्