अनुभव सिक्न भ्रमण



बेइजिङ, (एजेन्सी)
उत्तर कोरियाको एक प्रतिनिधिमण्डलले चीनको आर्थिक सुधार तथा खुलापनाको अनुभवका विषयमा जानकारी हासिल गर्न बेइजिङको भ्रण गरेको विदेश मन्त्रालयले जनाएको छ। शीत युद्धकालीन सहयोगी रहेका दुई देशबीच हालैका हप्तामा बाक्लो सम्पर्क भइरहेको छ। यो उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जुन १२ मा ऐतिहासिक वार्ताका लागि तयार भएपछि प्योङयाङले चीन र दक्षिण कोरियासँग सम्पर्क बढाएको हो। उत्तर कोरियाको सत्तारूढ दलका उपप्रमुख पाक थाय सोङले सोमबार बेइजिङको भ्रमण गरेको चीनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्