सेना चिन्तित



इस्लामावाद, (एजेन्सी)
भारतको मुम्बई हमलामा पाकिस्तानी आतंकवादीको भूमिका रहेको स्वीकार गरिएको पूर्वप्रधानमन्त्री नवाज सरिफको बयानमा पाकिस्तानी सेनाले असन्तुष्टि व्यक्त गरेको छ। सरिफको बयानले भारतको पाकिस्तानको हात रहेको दाबीलाई बलियो बनाएकोमा सेनाले चिन्ता व्यक्त गरेको बताइएको छ।

भारतले पाकिस्तान आफ्नो भूमीमा फैलिरहेको आतंकवाद अन्त्य गर्नका लागि ठोस कदम चाल्न असफल रहेको आरोप लगाउँदै आइरहेको छ। सरिफको बयानले पेरिसस्थित पाकिस्तानलाई फाइनान्सियल एक्सन टास्क फोर्सको कालोसूचीमा राख्नका लागि पर्याप्त हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्