विधायक तथा पूर्वकूटनीतिज्ञमाथि पत्नीहत्या आरोप



नयाँदिल्ली, (एजेन्सी)
भारतीय विधायक तथा संयुक्त राष्ट्र संघका पूर्वकूटनीतिज्ञ शशि थारुर सन् २०१४ मा आफ्नी पत्नीलाई आत्महत्या गर्न सहयोग पु¥याएको अभियोग लगाइएको छ। सुनन्दा पुष्करको रहस्यमय मृत्युलाई शुरूमा आत्महत्या बताइएको थियो। तर, प्रहरीले पछि कुनै पनि आशंकित व्यक्तिको नाम सार्वजनिक नगरिकन उनको हत्या गरिएको बताएको थियो।

तर, अहिले आएर नयाँदिल्लीको प्रहरीले थारुरमाथि पत्नीमाथि क्रूर व्यवहार गरेको तथा आत्महत्या गर्न सहयोग गरेको अभियोग लगाएको छ। थारुरले ट्विट गर्दै आफूविरुद्धको आधारहीन अभियोगविरुद्ध कडा तरिकाले सामना गर्ने जनाएका छन्।

उनले गतवर्षको १७ अक्टोवरमा दिल्ली उच्च अदालतका कानुनी हक–अधिकारीले एक विज्ञप्ति जारी गर्दै आफूहरूले अनुसन्धानको क्रममा कसैको विरुद्ध कुनै प्रमाण फेला नपरेको जनाइसकेको र अहिले आएर आफूलाई यस्तो अभियोग लगाएको भन्दै आपत्ति जनाएका छन्।

भारतको प्रमुख विपक्षी राजनीतिक पार्टी कांग्रेसका विधायक थारुरले दुबईस्थित पूर्वव्यापारी महिला पुष्करसँग सन् २०१० मा विवाह गरेका थिए। सन् २०१४ को १७ जनवरीमा उनलाई दिल्लीस्थित एउटा पाँचतारे होटलको कोठामा मृत अवस्थामा फेला पारिएको थियो। उनको मृत्युको वास्तविक कारण अझैसम्म पनि स्पष्ट हुन सकेको छैन।

पहिलो पोस्टमार्टको प्रतिवेदनमा उनको ड्रग ओभरडोजका कारण मृत्यु भएको र उनी स्वास्थ उपचारको क्रममा रहेको उल्लेख गरिएको थियो। त्यसपछिका अन्य प्रतिवेदनमा उनलाई बीष दिएको र रहस्यात्मक खोपको चि≈न भएको तथा हत्केलामा गहिरो टोकाइको चि≈न रहेको उल्लेख गरिएका थिए।थारुरको पुष्करको मृत्युअघि नै एकजना पाकिस्तानी महिला पत्रकारसँग प्रेम रहेको पनि विवादास्पद ट्विट मार्फत खुलाशा भइसकेको छ। तर, पछि पुष्कर र थारुर दुवैले आफूहरूले राजीखुसीले विवाह गरेको तथा आफूहरूबीचको सम्बन्धमा अन्योल ल्याउन अनाधिकृत ट्विटरका प्रसंग बाहिर आएको बताएका थिए।

थारुरले २५ वर्षसम्म संयुक्त राष्ट्रसंघको सञ्चार तथा जन सूचना विभागको सहायक महासचिवको हसियतले काम गरेका थिए। सन् २००७ मा उनी संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि भएको निर्वाचनमा बवान कि मुनसँग पराजित भएका थिए। सन् २००९ मा भारतीय राजनीतिमा प्रवेश गरेका सन् २०१० मा क्रित्रेट टोल गठनसम्बन्धी विवादमा मुछिएकाले मन्त्रीस्तरीय पदबाट राजीनामा दिएका थिए। सन् २०१२ मा उनी मानव संसाधन विकास राज्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्