प्रदेशसभा ३ का सांसद एवं भक्तपुरका लोकप्रिय एमाले नेता हरिशरण लामिछानेको निधन



काठमाडाैँ । नेकपा एमाले भक्तपुरका सचिव एवम् प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको उपचारका क्रममा निधन भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किएका लामिछानेलाई आइतवार मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएको थियो ।

लामिछानेको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । लामिछानेको अाजै शवयात्रासहित पशुपति अार्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । लामिछानेको अजैमात्र प्रधानमन्त्री केपी शर्मा अोली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायले  अस्पतालमै गएर स्वास्थ्य अवस्था बुझेका थिए । लामिछाने नेकपा एमाले को तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्