बल्छीको प्रेम विवाह



लोकप्रिय हास्य टेलीशृंखला मेरी बास्सैका ‘बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठले लगनगाँठो कसेका छन्।
मरिचमानलले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम विवाह गरेका हुन्। उनले ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। शुक्रबार मरिचमान करुणाका साथ राजधानीको म्हेपी मन्दिरमा परम्पराअनुसार विवाह बन्धनमा बाँधिए। मन्दिरबाट विवाह गरेपछि उनले गोर्खास्थित निवासमा करुणालाई भिœयाएका थिए।

मरिचमानले ६ वर्षअघि सीताराम कट्टेल ‘धुर्मुस’ सँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको र पछि प्रेममा परिणत भएको बताएका छन्। ‘कार्यक्रमको सिलसिलामा धुर्मुस दाइसँग लमजुङ जाँदा करुणासँग परिचय भयो, पछि कुराकानी हुँदै जाँदा माया प्रेममा परियो र आज बिहे गरियो।’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्