बाबु–छोरा सम्मानित



काठमाडौं, (नेस)
बिल्ड अप फिट्नेस क्लब, स्युचाटारले विश्व पावर लिफ्टिङ च्याम्पियनसिपका पदक विजेता बाबु–छोरा ज्ञानेन्द्र नकर्मी र रोजिन नकर्मीलाई बुधबार नगदसहित सम्मान गरेको छ।
भारतको नयाँ दिल्लीमा गत अक्टोबर २३ देखि २७ तारिखसम्म भएको प्रतियोगिताको मास्टर्समा ज्ञानेन्द्रले रजत तथा सब जुनियरमा रोजिनले कांस्य जितेका थिए।

दुवैलाई जनही ५ हजार र प्रशंसापत्र प्रदान गरी सम्मान गरियो। क्लबको उद्घाटनका अवसरमा दुवैलाई सम्मान गरिएको हो। करिब द्मद्मद्म५० लाखको लगानीमा सवन महर्जन, विश्वकर लामा र सञ्जीव राईले क्लब सञ्चालनमा ल्याएका हुन्।

प्रतिक्रिया दिनुहोस्