“आर्थिक समृद्धिका लागि कानुनमा सुधार”



नेपाल समाचारपत्र
काठमाडौं
सभामुख कृष्णबहादुर महराले आर्थिक समृद्धिको लागि विद्यमान कानुनमा समसामयिक सुधार आवश्यक भएकाले यसतर्फ आफूले पहल बताउनुभएको छ।

बुधबार नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको परिसंघको प्रतिनिधिमण्डलले परिसंघ—प्रवुद्ध परिषद्को समेत संलग्नतामा परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र एवम् आवश्यक कानूनी सुधारसम्बन्धी प्रकाशन बुझ्दै उहाँले सो कुरा व्यक्त गर्नुभएको हो। उहाँले मार्गचित्रको थालनी कुन विन्दूबाट प्रारम्भ गर्ने अन्योल भएको स्थितिमा सरकारलाई परिसंघको यस पहलले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमेत सहभागीे उक्त बैठकमा परिसंघका अध्यक्षले सभामुख र उपसभामुखलाई मार्गचित्र सहितको दस्तावेज दिनु हुँदै निजी क्षेत्रको तर्फबाट परिसंघले तयार गरेको यो दस्तावेज स्वयम् पूर्ण होइन तर पनि विकासको सोचसहित विविधपक्ष समेटेर तयार भएको मार्गचित्रमा थप खुल्ला छलफल होस् जसबाट सरकारलाई आर्थिक विकासका एजेन्डा तयार गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

परिसंघको प्रतिनिधिमण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहाललाई पनि भेट गरी परिसंघको तर्फबाट अध्यक्षले उक्तमार्गचित्र सहितको कानुनी सुधार सम्बन्धी दस्तावेज बुझाउनु भएको थियो।

उक्त अवसरमा राष्ट्रियसभाका अध्यक्षले आमनागरिकको आशा र आकांक्षालाई पूरा गर्न विकास र रोजगारी मात्र मुख्य विकल्प भएकाले यस कार्यमा निजी क्षेत्रबाट तयार गरिएको मार्गचित्रले थप सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्