सनराइज बैंकद्वारा बीमा रकम भुक्तानी



नेपाल समाचारपत्र
काठमाडौं
सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकको लागि स्वास्थ्य बीमा सुविधा प्रदान गर्दै आएको छ। उक्त बीमाअन्तर्गत बैंकका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपियाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ।यसै क्रममा बैंकका लगनखेल शाखाका ग्राहक चिनीकाजी महर्जनको शल्यक्रिया गर्दाको क्रममा लागेको उपचार खर्च १८ हजार ९०५ रुपियाँबराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले ग्राहकलाई प्रदान गर्नुभयो।

बैंकले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकको लागि सामूहिक दुर्घटना बीमा सुविधा समेत प्रदान गर्दै आइरहेको छ। यस सुविधाअन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ। ग्राहकहरूले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुवै बीमा सुविधा पाउन सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्