अमेरिकी र इरानबीच टक्कर पर्दै



वासिङ्टन । अमेरिकाले इरानसँगको पारमाणविक सम्झौताको विषयमा आज निर्णय गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबर साँझसम्म निर्णय गर्ने बताइएको छ । राष्ट्रपति ट्रम्पले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने बारेको निर्णय मंगलबार साँझसम्ममा घोषणा गर्ने जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटमा भनेका छन् ‘मैले यस विषयमा मंगलबार साँझसम्ममा घोषणा गर्नेछु ।’ ट्रम्पले यसअघि इरानसँगको सम्झौता खारेज गरिने बताउँदै आएका छन् ।

इरानले पारमाणविका सम्बन्धका प्रतिबन्धहरु खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने बताउँदै आएको छ । त्यसको लागि सहमति समेत गरेको छ ।  इरान र विश्वका शक्तिराष्ट्रबीच भएको उक्त अन्तर्राष्ट्रिय सहमतिको राष्ट्रपति ट्रम्पले विरोध गर्दै आएका छन् ।

तर बेलायत, फ्रान्स र जर्मनीले भने अमेरिका उक्त सहमतिबाट पछि हट्न नहुने भन्दै आएका छन् । बेलायतका विदेशमन्त्रीले पनि उक्त सहमति नतोड्न अमेरिकालाई आग्रह गरेकी छन् ।

यस सम्झौता नतोड्न अमेरिकालाई सहमत गराउने प्रयासमा युरोपेली राष्ट्र लागिरहेका छन् । तर त्यसको परिणाम भने सकारात्मक नरहने देखिएको बताइन्छ । इरानले अमेरिकाले यदि उक्त सम्झौता खारेज ग¥यो भने उसले यसअघि कहिल्यै पनि नसोचेको समस्याको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

-एएफपी

प्रतिक्रिया दिनुहोस्