मोदीका कारण मुक्तिनाथ मन्दिर प्रवेशमा दर्शनार्थीलाई रोक



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ आउने भएपछि मुक्तिनाथ मन्दिर प्रवेशमा दर्शनार्थीलाई रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यायलयले पदयात्री तथा हवाईमार्गबाट आउने यात्रीहरुलाई मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

नेपालको दुईदिने राजकीय भ्रमणमा २८ गते आउन लागेका प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ । शाखा अधिकृत जितेन्द्र बलामीले जारी गर्नुभएको सूचनामा प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गर्ने भएकाले सुरक्षा व्यवस्थालाई सुरक्षित र भरपर्दो बनाउन यात्रुहरुको आवागमनमा रोक लगाउने निर्णय गरिएको उल्लेख गरिएको छ ।

मुक्तिनाथ दर्शन गर्न नपाइने भएपछि दर्शनार्थी तथा यात्रुहरु समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्