एनजिओको बदमासिः रुपान्तरणका नाममा झन द्वन्द्व फैलाउदै



मोतीराम तिमल्सिना, काभ्रे । सामुदायिक बनमा भएको द्वन्द्व रुपान्तरण गर्ने अभियानका नाममा संचालन भएको एनजिओले उपभोक्ताहरु बीच द्वन्द्व निम्त्याएको छ । बनकै जग्गा अतिक्रमण गरी टहरा निर्माण, फर्निचर ब्यवसाय र खेतिपाती लगाउँदा समेत सरोकारवाला निकायले रोक्न सकेको छैन ।

‘प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले द्वन्द्व रुपान्तरण गर्ने नाममा स्थानीय स्तरमा द्वन्द्व फैलायो’– स्थानीय उपभोक्ता रामकुमार कटुवालले भने–‘डलरको खेति गर्ने नाममा हाम्रो समुदायमा विवाद बढाउने काम भयो ।’

नमोबुद्ध नगरपालिका वडा नम्वर २ स्थित डाँडाखर्क, ठकुरीगाउँ, पातलेगाउँ, बेला, तेमालेबारी लगायतका क्षेत्रमा भएको बन अतिक्रमण हटाउन उक्त संस्थाले गत वर्ष काम गरेको थियो । ‘अतिक्रमण हट्ने होईन झनै बढिरहेको छ’–बन उपभोक्ता समितिका सदस्यले भने–‘कसैले छाड्ने र कसैले गरिरहँदा झनै द्वन्द्व बढ्यो ।’ संस्थाले केहि दिन आएर चिप्ला कुरा गराएर उपभोक्तालाई अतिक्रमण रोक्न लगाए जस्तो गरे पनि गरिवको पेटमा लात हानेर धनीहरुलाई अतिक्रमण गराउन सहयोग पु¥याएको बताए ।


‘डलरको खेती गर्ने एनजिओले सामुदायीक बनको द्धन्द्ध रुपान्तरण गर्ने नाममा स्थानीय स्तरमा झन द्धन्द्ध फैलाइरहेका छन् । साथै गरिबको पेटमा लात हानेर धनीहरुलाई वन अतिक्रमणमा सहयोग गरिरहेका छन् ।’


विपी राजमार्गको सिमाना दायाँ बायाँ सडक छेउमा जस्ताको टहरा राखेर दैनिक ब्यवसाय हुँदै आएको छ । बन क्षेत्र र सडक क्षेत्र भित्र पर्ने अतिक्रमणलाई सामुदायिक बन र सडक विभागले हटाउन सकेको छैन । स्थानीय सरकारले समेत अतिक्रमण हटाउने प्रयास गरे पनि बनको अधिकार आफु मातहत नआएको भन्दै स्थानीय सरकारले सक्रियता देखाएको छैन । नगरपालिकाले १५ मिटर क्षेत्र भित्रका घर टहरा ब्यवस्थित बनाउँदै लैजाने निर्णय गरे पनि अतिक्रमण बन भित्रको संरचना हटाउन सकेको अवस्था छैन । वडा अध्यक्ष एवं नमोबुद्ध नगरपालिकाका २ का वडा अध्यक्ष संजिव ढकालले नगर भित्रका अधिकांश वडाहरुमा भईरहेको सार्वजनिक जमिन अतिक्रमण हटाउने अभियान शुरु भएको बताए ।

‘ सोझो सिधा मान्छे कसैले डर देखाउँदैमा हामीलाई डर लाग्छ, हाम्रो पक्षमा कोहि बोल्दैनन’–स्थानीय उपभोक्ता रामकुमार कटुवालले भने–‘संस्था आयो, जसो जसो भने त्यसै लौ भन्यौ, सक्नेले मकै छरिरहेका छन् । गहुँ तोरी छन्, जसको शक्ति उसको भक्ति, गरिवको पेटमा लात मारिरहेका छन् ।’ बेलाखोले पाखा सामुदायिक बन उपभोक्ता समितिले पातलेगाउँका परियारहरुको अतिक्रमण हटाएर बाहुन र ठकुरीले अतिक्रमण गरिरहेको क्षेत्रमा भने वेवास्ता गरिरहेको आरोप लगाए ।

‘प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रको माकुरा समुहका नाममा हामिलाई डर, धम्कि दिएर सहमतिका नाममा कागज गराईयो’–कटुवालले भने–‘हामीसँग अर्काे विकल्प थिएन, पटक पटक हामीले गुनासो ग¥यौं, समुहलाई भन्नुस भन्दै ठाडो जवाफ दिन्छन्’–रामकुमारले भने–‘एनजिओले समुदायमा द्वन्द्व रुपान्तरण होईन द्वन्द्व बढाउने काम गरेको छ ।’

जिल्लाका विभिन्न स्थानमा द्वन्द्व रुपान्तरणका नाममा समुदायमा द्वन्द्व फैलाउँदै गरेको उपभोक्ताको गुनासो छ । ‘पैसा र शक्ति भएपछि जसले जे गरे पनि छुट हुँदो रहेछ’–कटुवालले भने ।

प्रतिक्रिया दिनुहोस्