सफल उद्यमी मैँया रम्तेल,  जुत्ता तथा चप्पलबाटै लखपति



नेपाल समाचारपत्र, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा उद्योग व्यवसायको हिसाबले हेर्ने हो भने बिभिन्न स्रोत साधनहरूले भरिपूर्ण भएको जिल्ला हो । स्रोत साधन भएता पनि उनीहरूको उचित प्रयोग हुन सकिरहेको छैन ।

काभ्रेपलाञ्चोक जिल्लाकै मन्डनदेउपुर न.पा.वडा नं.९ बस्ने म मैयाँ रम्तेल अरुको ज्यालादारी गरेर आफ्नो एक पेट पाल्नको लागि समेत धौधौ परिरहेको थियो । कुनै रोजगारीमा जाने सम्भावना पनि थिएनन उनको । राम्रो संग आफ्नो नाम समेत लेख्न नआउने मैयाँलाई आफ्नो जीवन प्रति दिक्दार लागेर आउथ्यो ।

उनै मैयाँ आज एउटा महिला सफल उद्यमीको रुपमा परिचित भएकी छन् ।  आज भन्दा ८÷१० वर्ष अगाडिको कुरा हो, उनको त्यस्तो दयनीय अवस्थालाई देखेर यही गाउँको विकासको लागि आउने एक जना उद्यम विकास सहजकर्ताले उद्यम व्यवसाय गर्ने सल्लाह दिएका थिए । उनको सल्लाह अनुसार मैंयाले पनि व्यवसाय गर्ने निर्णय गरिन ।
मैयाले उद्यम विकास सहजकर्ताको सल्लाह बमोजिम दिगो उद्यम तथा सामाजिक विकास केन्द्रको आयोजनामा संचालन भएको उद्यमशिलता बिकास तालिमको साथै जुत्ता चप्पल बनाउने सिप बिकास तालिममा सहभागी भई सीप सिक्ने मौका प्राप्त गरिन । त्यस तालिम प्राप्त गरिसकेपछि उनले जिल्ला लघु उद्यमी समुह संघ डि–मेगा को सदस्य पनि हुन पाएकी थिइन ।
‘मैले तालिम लिए अनुसार नै बिभिन्न लेडिज जुत्ता, चप्पलहरू उत्पादन गर्दै गएँ र व्यवसायीक रुपमा नै सामानहरू उत्पादन गर्नको लागी मलाई पुँजीको आवश्यकता पर्दैगयो’ मैयाले भन्छिन– त्यसको लागी समता बहुउद्देश्यीय सहकारी संस्थाबाट रु १० हजार र पञ्चकन्या महिला बहुउद्देश्यीय सहकारी संस्थाबाट रु. १० हजार ऋण प्राप्त गरी व्यवसायमा लगानी गर्दै गएँ । यसरी आफुले आनो व्यवसायलाई निरन्तर रुपमा गर्दै जादाँ जुत्ता, चप्पलको पनि बजारमा माग बढ्दै गएको उनको भनाई छ । उनी डिजाइन अनुसारको चप्पल, छालाको जुत्ताहरु उत्पादन गर्छिन ।
यस व्यवसायबाट राम्रै आम्दानी हुन थालेपछि झन व्यवसायलाई बढाउदै जाने निर्णय गरेको मैया मताउछिन् ।  त्यसको लागि जिल्ला लघु उद्यमी समुह संघ डि–मेगा बाट रु ४० हजार र गा्रमीण प्रबिधि केन्दसंस्थाबाट उनलाई ३० हजार अनुदान स्वरुप रकम प्राप्त भएको थियो । २०६९ सालमा सुन्दर लेडिज चप्पल तथा जुत्ता उद्योग नामको उद्योग घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता गरी  अगाडी बढिरहे । त्यस पश्चात मैले बिभिन्न संघ संस्थाहरुबाट उपयुक्त प्रबिधिहरु समेत प्राप्त गरेकी थिइन उनले ।
यस व्यवसाय बाट निरन्तर अगाडी बढ्दै गए पछि सामाग्री उत्पादन तथा बिक्री कार्यलाई बढाउदै लैजाने हौसला प्राप्त भएको भन्दै मैया भन्छिन– निरन्तर प्रयास पश्चात अहिले यस उद्योगमा ५ जना महिला तथा पुरुषहरुलाई रोजगार दिई हाल मासिक  १ लाख सम्मको कारोबार गरी मासिक रु ४०–५० हजार खुद नाफा आम्दानी भईरहेको छ । यस ब्यबसाय सञ्चालन गर्नु भन्दा पहिला घर खर्च लगाएत छोरा छोरीले समेत राम्रो शिक्षा प्राप्त गर्न सकेका थिएनन् तर अहिले प्राईभेट स्कुलमा सहज तरीकाले शिक्षा हासील गर्न पाईरहेको मात्र हैन समाजमा उनको एक सफल उद्यमीको रुपमा मान प्रतिष्ठा समेत बढिरहेको छ ।
अहिले आफ्नो ब्यवसायको ब्यवस्थापक पदमा रही काम गरीरहेकी मैयाँ समाजमा सामाजिक काममा पनि समय दिदै समाज सेवा गदै आइरहेकाी छिन् । उनी आफ्नो व्यवसायका साथै बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट सञ्चानल हुने बिभिन्न ठाउँहरुमा माग अनुसारको लेडिज चप्पल तथा  जुत्ता सम्बन्धी  तालिम समेत दिने गर्छिन । ‘मैले उत्पादन गरेको जुत्ता चप्पलको बजार क्षेत्र स्थानिय बजार मन्डनदेउपुर  लगायत जिल्ला भित्रका बजार, पाचँखाल , धुलिखेल, बनेपा र जिल्ला बाहिर सिन्धुपाल्चोकको मेलम्ची जस्ता मुख्य बजारको रुपमा सामान बिक्री बितरण गर्ने गरेको छु’–मैयाँले भनिन् ।
उद्यम विकास सहजकर्ता भवानी न्यौपाने भन्नुहुन्छ– एक महिला भएको र गरिब परिवारका कारण शुरुका दिनहरुमा मैयाँलाई यो व्यवसाय सञ्चालन गर्न अती गाह्रो भएको थियो । तरपनि  पनी आफु बेरोजगार भएको अवस्थालाई सम्झी मध्यम खालको जोखीम राखी बिस्तारै बिस्तारै ब्यवसाय संचालन गर्दै गईन र उनी सफल उद्यमी भएको सहजकर्ता न्यौपानेको भनाई छ । ।  घर परिवार,समाज लगायत बिभिन्न संघ संस्थाहरुको पनि आर्थिक तथा प्राबिधिक सहयोग प्राप्त गरी उनी यो अवस्थासम्म आउन सफल भएकी हुन । उनी अहिले एक सफल उद्यमीको रुपमा यस काभ्रे जिल्लामा समेत परीचित छिन ।

प्रतिक्रिया दिनुहोस्