मुक्तिनाथमा दुई दिन सार्वसाधारणको प्रवेशमा रोक



नेपाल समाचारपत्र, काठमाडौँ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले २८ र २९ गते सार्वसाधारणलाई मन्दिर दर्शन प्रवेशमा रोक लगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ गते नेपाल आउने र २९ गते मुक्तिनाथ दर्शन गर्न जाने कार्यक्रम रहेको हुनाले स्थानीय प्रशासनले सुरक्षाका लागि २८ गतेबाटै सार्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्