यातायात व्यवसायीको आन्दोलन फिर्ता, सरकारसँग भयो यस्तो सहमति



नेपाल समाचारपत्र, काठमाडौँ ।

सरकार र यातायात व्यवसायीबीच भएको छलफलबाट ५ बुँदे सहमतिपछि यातायात व्यवसायी महासंघले यसअघि घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

५ बुँदे सहमतिमा यातायात व्यवसायी सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको सरकारी कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेटको अन्त्य गर्न सहमत भएको यातायात व्यवसायीले जानकारी बताएका छन् ।

यस्तै एउटामात्र सार्वजनिक सवारी साधन भएको सवारी धनीले पनि सवारी सञ्चालन गर्न प्रचलित कानून अनुसार पाउने समझदारी हुनुका साथै सर्वोच्च अदालतको परमादेश अनुसारको जाँचबुझ आयोग गठनको प्रक्रिया पनि सरकारले अघि बढाउने सहमति भएको छ ।

भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुबीर महासेठको उपस्थितिमा आइतबार मन्त्रालय र यातायात व्यवसायी महासंघबीच भएको छलफलबाट यस्तो सहमति भएको सोमबार पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्