चट्याङ लागेर तीन जनाको मृत्यु



नेपाल समाचारपत्र, हेटौंडा ।

मकवानपुरमा हावाहुरीसँगै आएको चट्याङ लागेर आइतबार साँझ तीन जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका २, ठाडोखोलास्थित झुल्यानका ३० वर्षीय भीमलाल सिन्तान र उनकी अढाई वर्षीया छोरी बिमलाको ज्यान गएको हो ।

हेटौंडा १६, चिसापानीका ६० वर्षीय कृष्णबहादुर बलामीको पनि मृत्यु भएको छ ।

उनीहरु तीनै जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलिप झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्