प्रियंका सलमानको भारतमा



हलिउडबाट फर्केर दोस्रोपटक बलिउडमा प्रोजेक्ट शुरु गर्न थालेकी नायिका प्रियंका चोपडा अब केही दिनमै सलमान खानको फिल्म भारतको सुटिङमा सहभागी हुने छिन्।

फिल्म फाइनल हुने बित्तिकै नायक सलमान खानले उनलाई जिस्क्यिाउँदै यो फिल्मचाहिँ हिन्दी भाषामा हुनेछ है भनेका थिए। किनभने अब प्रियंकामा पूरै हलिउडको भूत चढिसकेको छ। तर, प्रियंका वास्तवमै हलिउडको रङमा यति धेरै रमीसकेकी छिन् कि उनले आफ्नो देशको फेसन पनि ख्याल गरिनन् भन्ने समाचार भारतीय सञ्चारमाध्यममा आइरहेका छन्।

आफ्नो हलिउड शो क्वाटीको–३ को प्रमोसनमा व्यस्त छिन्। यसै क्रममा हिजोआज उनी नयाँ नया ड्रेस अपमा देखिइरहन्छिन्। तर, हालै उनले यस्तो पहिरन् लगाइन् कि उनी सामाजिक सञ्जालमा मज्जैले ट्रोल भइन्। हालै एक कार्यक्रममा सहभागी हुने क्रममा उनले पेस्टल ब्लु कलरको ब्लेजर लगाएकी थिइन्। जसमा उनी सानदार देखिएकी थिइन् र तस्वीर पनि आफ्नो इन्स्टाग्राम खातामा हालिन्।

तर, ट्रोलरको नजर भने उनको कपडाको डिजाइनमा प¥यो। जसलाई लिएर उनीहरूले प्रियंकालाई जिस्क्याँदै लुगा लगाउने तरिका पनि सिकाए। एक व्यक्तिले संस्कारी मानिस यस्तो कपडा लाउँदैनन् भनेर कमेन्ट गरेका छन् भने केहीले उनलाई यस्तो प्रकारको कपडा लगाउन जरुरी थियो र? भन्ने प्रश्न गरेका छन्। त्यस्तै केहीले उनी यूएस गएर बिग्रिएको तथा उनको डिजाइनरले गलत ठाउँमा काटेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्