साँढे जुधाइमा महिलामाथिको बन्देज फुकुवा



टोक्यो, (एजेन्सी)
जापानको परम्परागत साँढे जुधाइ खेललाई आधुनिकीकरण गर्ने उद्देश्यले त्यसमा महिला सहभागितामाथि लगाइँदै आएको प्रतिबन्ध हटाइएयता पहिलो पटक १ महिलालाई यस खेलमा भाग लिने अनुमति प्रदान गरिएको छ।

जापानको यामाकोसी जिल्लाको होकाइडो टापुमा आयोजित यस मौसमी खेलको उद्घाटन समारोहमा युकी आराकी नामक महिला खेलाडी पनि आफ्नो साँढेसहित आइपुगेकी थिइन्। नुन र जाँड छर्केर खेलस्थल पवित्र पारेपछि खेलाइने यस खेलमा महिलाहरूमाथि प्रतिबन्ध लगाइएको थियो।

जापानी भाषमा ‘टोग्यु’ भनिने यो खेल स्पेनको साँढे जुधाइ शैलीभन्दा पृथक रहेको छ। स्पेनमा जस्तो खेलको दौरान जापानमा साँढे मारिने गरिँदैन। बरू दुई साँढेले एकले अर्कालाई आ–आफ्ना सिङले ठेल्ने गर्दछन्। त्यस क्रममा सम्बन्धित साँढेका प्रशिक्षकले त्यसलाई जोसिलो बन्न उकस्काउने गर्दछन्। प्रतिद्वन्द्वी साँढेलाई रगत निस्कने गरी चोट पु¥याउने साँढेलाई तत्काल विजयी घोषित गरिने गर्दछ।

नयाँ पुस्तालाई यस खेलमा आकर्षित गर्ने उद्देश्यले सरकारले लैंगिक विभेदको अन्त्य गरेको हो। परम्परागत जापानी खेल कुस्ती अर्थात् सुमोमा पनि महिलाहरूलाई खेलाइनुलाई अशुभ एवं अपवित्र मानिने चलन रहेको छ।

प्रतिक्रिया दिनुहोस्