कुमारीपाटीमा अग्नी फिटनेस क्लब



ललितपुर, (नेस)
ललितपुरको कुमारीपाटीमा खोलिएकोे अग्नी फिटनेस क्लबको एक समारोहकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुभारम्भ गर्नुभएको छ।
सो अवसरमा ज्यापू समाजका अध्यक्ष प्रेम महर्जनले योगाको अभ्यासले शारीरिक साथै मानसिक स्वास्थ्यमा राम्रो प्रभाव पार्ने बताउँदै बढ्दो शहरीकरण र व्यस्त जीवनका लागि यस्तो फिटनेस क्लबको खाँचो औल्याउँनुभयो।

क्लबमा योगा प्रशिक्षण, बडी बिल्डिंग, कार्डियो, एरोबिक्स र जुम्बासँगै साउना र स्टिम बाथको पनि सुविधा रहेको क्लबका प्रबन्धक बाबुराजा ज्यापूले जानकारी दिनुभयो।

न्यूनतम मासिक ३ हजार ५ सयदेखि अधिकतम बार्षिक ४२ हजार सम्मको प्याकेजमा त्यहाँ रहेका सबै सुविधाहरू लिन सकिने प्रशिक्षक एवं संस्थापक एवं सभापति राजेन्द्र महर्जनले बताउनुभयो। उहाँका अनुसार जिम र कार्डियो प्रशिक्षणमा राजेन्द्र महर्जन, संजय डंगोल र जुम्बाका लागि रोमा श्रेष्ठ वरुण र पूजा बज्राचार्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्