नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा ट्रम्पको नाम



वासिङटन, (एजेन्सी)
अमेरिकी प्रतिनिधिसभाका १८ रिपब्लिकन सदस्यले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाको मुद्दामा उनले गरेको कामका लागि सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन्।

मनोनयनका लागि लेखिएको पत्रमॉदशकौंदेखि अन्तर्राष्ट्रिय समुदायबाट उत्तर कोरियालाई उसको आक्रामक व्यवहार त्याग्न माग गर्दै आइरहेको भए पनि कोरियाली प्रायद्विपमा शान्ति बहाली गर्ने राष्ट्रपति ट्रम्पको कडा नीतिले काम गरेको’ विधायकहरूले उल्लेख गरेका छन्।

विश्वमा शान्ति स्थापना गर्न ट्रम्पले गरेकोे अथक कार्यका कारण सन् २०१९ का लागि कमिटीसँग राष्टपति ट्रम्पभन्दा योग्य दाबेदार नभएको आफूहरूले ठानेको विधायकहरूले लेखेका छन्।

ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न स्वीकारेका थिए। उनीहरूबीच मेको अन्त्यतिर वा जुनको पूर्वाद्धमा भेटवार्ता हुने अनुमान गरिएको छ। ट्रम्पले हालै मात्र विदेशमन्त्रीमा नियुक्त गरेका माइक पोम्पियोले ३ हप्ताअगाडि किमसँग गोप्य रूपमा भेटेका थिए। त्यतिबेला पोम्पियो सीआईएका निर्देशक थिए।

ट्रम्पले उत्तर कोरियासँग तनाव चर्काएका थिए।≈वाइट हाउसका अधिकारीहरूले उक्त देशमा आक्रमण हुन सक्ने भाषा प्रयोग गरिररहेका थिए भने ट्रम्प र किमबीच एक अर्कालाई अपमान गर्ने वाकयुद्ध नै चलेको थियो। गत सप्ताहन्तमा मिसिगनको एक ¥यालीमा ट्रम्पले उत्तर कोरियाको बारेमा उल्लेख गर्दा उनका समर्थकहरूले ‘नो–बेल, नो–बेल’ भन्दै चिच्याएका थिए।

प्रतिक्रिया दिनुहोस्