दुई करोड ग्राहकको बैंक अभिलेख गायब



सिडनी, (एजेन्सी)
अस्ट्रेलियाको कमनवेल्थ बैंकले झण्डै २ करोड मानिसको बैंक अभिलेख हराएको बिहीबार स्वीकार गरेको छ। ग्राहकहरूको नाम , ठेगाना, खाता नम्बर र अन्य विवरण दुईवटा चुम्वकीय टेपमा स्टोर गरिएको थियो।

ती टेप सन् २०१६ मा एउटा सह–साझेदारबाट नष्ट गराइने कार्यक्रम रहेको थियो। तर तिनीहरू कुनै प्रमाण नै बाँकी नरहने गरी नष्ट गरिन पुगेको बुझिएको छ। कमनवेलथ बैंकले यसबाट सम्सया सिर्जना हुनसक्ने जानकारी सम्बन्धित ग्राहकहरूलाई दिएको थिएन।

अस्ट्रेलियाको कुनै ठूलो वित्तीय संस्थाबाट पछिल्लो समयमा भएको यो सबैभन्दा ठूलो गल्ती मानिएको छ। बैंकले भनेको छ– ‘विगत पन्ध्र वर्षदेखिको तथ्यांक राखिएका ती टेप सुरक्षित ढंगले नष्ट गरिएको बारे हामी निश्चित छैनौं।’

तर अभिलेखलय कम्पनी कपीएमजीले गरेको स्वतन्त्र फोरेन्सिक अनुसन्धानबाट ती टेप पूर्णतया नष्ट भइसकेको संभावना धेरै देखाएको छ। ती टेपमा खाताका लागि प्रयोग हुनसक्ने पासवर्ड, पिन्स वा अन्य डाटा रहेको छैन।’ कमनवेल्थ बैंकका निमित्त अध्यक्ष एन्गस सुलिभानले यो घटना ‘अस्विकार्य’ भएको बताउँदै यसबाट सम्बन्धित ग्राहकहरूमा पर्न गएको असुविधा र चिन्ताप्रति क्षमायाचना गरेका छन्।

गत महिना मात्र कमनवेल्थले मृत्यु भइसकेका ग्राहकहरूबाट पनि शुल्क असुलिरहेको खबर आएपछि सरकारले बैंकिङ् क्षेत्रमा कडा निगरानी बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्