११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल



लन्डन, (एजेन्सी)
लिभरपुलले सन् २००७ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ । बुधबार राति रोममा सम्पन्न रोमाञ्चक सेमिफाइनलको दोस्रो लेगमा लिभरपुल हारे पनि ७–६ को अग्रतासँगै फाइनल पुगेको हो । लिभरपुल घरेलु टोली रोमासँग ४–२ ले हारेको थियो ।

गत साता पहिलो लेग खेल एनफिल्डमा हुँदा टोली ५–२ ले जितेको थियो । अब यर्जेन क्लोपको टोलीले मे २६ मा युक्रेनको किएभमा १२ पटकको च्याम्पियन रियल मेड्रिडको सामना गर्नेछ ।

पहिलो हाफमा २–१ ले अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा ३ गोल बेहोरेर झण्डै अन्तिम चारबाट बाहिरिने संभावना भएको थियो । डेज्कोले एक र नैनगोलानले दुई गोल गरेका थिए । यसअघि लिभरपुलका मिल्नरले आत्मघाती गोल गरे भने अन्य दुई गोलमा माने र वीनाल्डनले एक–एक गोल गरेका थिए ।

तर रोमाले क्वाटरफाइनलमा बार्सिलोनालाई स्तब्ध तुल्याए झै हिजो राति कुनै चमत्कारी नतिजा निकाल्न सकेन । ४–२ को जितमा रोमाको लागि थप एक गोल मात्रै गर्न सकेको भए पनि नतिजा पेनाल्टी शुटआउट सम्म पनि जान सक्थ्यो ।

तर, यही स्कोर अन्तिम सम्म रहँदा प्रिमियर लिग टोलीलाई फाइनल पु¥याउन पर्याप्त हुन पुग्यो । लिभरपुलका करिब ५ हजार दर्शकका साथ क्लोप र खेलाडीले भव्यताका साथ स्टेडियो ओलम्पिकोमा खुशीयाली पनि मनाएको बीबीसीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्