बाल यौनकर्मीलाई ३ सय ३० वर्ष कैद



फ्लोरिडा, (एजेन्सी)
फ्लोरिडाका एक पुरुषलाई चाइल्ड पोर्नोग्राफीको आरोपमा ३ सय ३० वर्ष कैदको सजाय सुनाइएको छ। अभियुक्तले फिलिपिन्समा यौन यात्रामा जाने गरेको र ससाना बच्चासँग यौन सम्पर्क गरेको आफ्ना तस्वीर तथा भिडियोहरू सार्वजनिक गर्दै आइरहेको जाँचकर्ताहरूले बताएका छन्।

डविड लिन्च नामक ती अभियुक्तबाट ६ वर्षका बच्चासमेत पीडित हुने गरेको जाँचकर्ताहरूले बताए। उनले सन् २००५ देखि नै अनलाइन डेटिङ एप्समा भिडियो अपलोड गर्दै आएका थिए। वेनिसका नागरिक डेविडलाई सन् २०१६ मा फिलिपिन्सको उडान चढ्दै गर्दा पक्राउ गरिएको थियो।

अभियोजन पक्षले ती व्यक्तिका लागि कम्तीमा एक यात्रा कुनै पीडित बच्चाकी आमाले नै आयोजित गरेको जानकारी दिए। डेविडका दुई बच्चा पनि फिलिपिन्समै बस्दै आइरहेको उनीहरूले बताए।

डेविडलाई गतवर्ष नै दोषी ठह¥याएइको थियो तर सजाय भने यो वर्ष तोकिएको हो। अदालतले डेविडको घर पनि जफत गर्न आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्