आइरा र प्रेरणा फाइनलमा



काठमाडौं, (नेस)
आइरा रावत र प्रेरणा कोइराला छैठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

सेमिफाइनलमा आइराले अभिलाषा विष्टलाई ६–३ र ६–१ तथा प्रेरणाले गंगा शर्मालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे। पुरुष सिंगल्समा दोस्रो र तेस्रो संस्करणका विजेता जितेन्द्र परियार र कमल भण्डारी उपाधिका लागि भिड्ने भएका छन्।

सेमिफाइनलमा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्रले प्रदीप खड्कालाई ६–१ र ६–१ तथा कमलले सन्तोष खत्रीलाई ६–३ र ६–२ को सीधा सेटमा हराए। कमल भेट्रान ३५ वर्षमाथि सिंगल्सको पनि फाइनलमा पुगेका छन्। कमलले राजु श्रेष्ठमाथि ६–० र ६–० को सहज जित दर्ता गर्दै महेश श्रेष्ठसँग फाइनल भेट पक्का गरे।

प्रतिक्रिया दिनुहोस्