मनमोहन स्मृति क्रिकेटको उपाधि प्रदेश ७ लाई



नेपाल समाचारपत्र
काठमाडौं
थम मनमोहन स्मृति अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर ७ ले जितेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश ७ ले प्रदेश नम्बर २ लाई २४ रनले हराएर उपाधि जितेको हो। यो जितसँगै प्रदेश ७ ले २ लाख ५० हजार नगद र ट्रफी हात पा¥यो। त्यस्तै उपविजेता टोली प्रदेश २ ले १ लाख ५० हजार रुपियाँ प्राप्त गरेको छ।

३० ओभरको खेलमा प्रदेश ७ ले २ सय ९ रनको लक्ष्य दिएकोमा प्रदेश २ ले १ सय ८४ रनमै सीमित भएको थियो। प्रदेश २ का लागि अमित यादवले ८० रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन। अन्य ब्याटसम्यानमा तृतराज दासले २७ रनको योगदान दिए। यी दुई ब्याटसम्यानले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दा टोली जिततिर अग्रसर थियो।

तर तृतराज र अमित आउट भएपछि खेलमा प्रदेश ७ ले पुनरागमन गर्दै उपाधि पनि पक्का गरेको थियो। विजेता टोलीका मनोज लोथ्यालले सर्वाधिक ५ विकेट हात पारे भने नरेन्द्र साउदले ३ विकेट लिएका थिए।

यसअघि प्रदेश ७ ले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रनको योगफल तयार गरेको थियो। टोलीका लागि राहुल भण्डारीले सर्वाधिक ३८ रन र रोशन साउदले ३७ रन जोडेका थिए। त्यस्तै हृदय विथारीले ३३ रनको योगदान दिएका थिए। प्रदेश २ का लागि विवेक यादवले ४ विकेट हासिल गरेका थिए।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरद्वारा वैशाख १३ गतेदेखि आयोजित प्रतियोगितामा प्लेयर अफ द सिरिज प्रदेश २ का विवेक यादव घोषित भए। उनले १० हजार नगद प्राप्त गरेका थिए। त्यस्तै उत्कृष्ट ब्याटसम्यान प्रदेश २ का अमित यादव र उत्कृष्ट बलर प्रदेश ७ का नरेन्द्र साउदले ५÷५ हजार रुपियाँ हात पारे।

प्रतिक्रिया दिनुहोस्