आज सन्दिपलाई मौका दिनैपर्छ- पुर्व इण्डियन क्रिकेटर आकाश चोपडा



काठमाडौं । बिश्व प्रसिद्ध इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत ३२औं खेलमा आज दिल्ली डेयरडेभिल्सले नेपाली समय अनुसार राति ८ः१५ बजे राजस्थान रोयल्सको सामना गर्दैछ । प्रतियोगितामा अहिले सम्म कमजोर प्रदर्सन गर्दै आएको दिल्लीले ८ खेलमा मात्र २ खेल जित्दै ४ अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ । भने राजस्थानको ७ खेल खेलदै ३ मा जित निकाल्दै छैटौं स्थानमा छ ।

यो समीकारण संगै दिल्लीलाई प्लेखफको सम्भावना बाँकी राख्न अब उस सँग रहेका सम्पूर्ण ६ खेल सबै जित्नुपर्ने दबाब छ । अक्सन मार्फत भारु २० लाखमा सन्दिप लामिछानेलाई किनेको देल्ली डेयरडेभिल्सबाट लामिछानेले अहिले सम्म कुनै पनि म्याच खेल्न पाएका छैनन् ।

बिश्वभरि आफ्नो गुग्लीको जादुको छाप छोडेका सन्दिपले आईपिएलमा आफ्नो पहिलो डेभ्यु गर्ने मौका खोजी रहेका बेला आजको खेलमा के देल्ली डेएरडेभिल्सले यी बाँया हाते लेगस्पिनरलाई मौका देलान रु यसैबीच आफ्नो रेगुलर अपडेट मार्फत आकाशवाणीमा भारतीय पुर्वक्रिकेटर समेत रहेका आकाश चोपडाले अब दिल्लीले सन्दिप लामिछानेलाई खेलाउने समय आएको बताएका छन् ।

उनको भनार्इ अनुसार आईपिएलमा लेगस्पिनरले राम्रो प्रदर्शन गरिरहेका छन् र दिल्लीले अब गुमाउनु केहि पनि छैन, यदि सन्दिपले आज मौका पाउँछन् भने देल्ली डेएरडेभिल्सले ट्रंप कार्डको रुपमा प्रयोग हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्