७ प्रहरी उपरीक्षक (एसपी) को सरुवा, कसको कहाँ ?



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएकाने जानकारी अनुसार ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा प्रहरी प्रशिक्षण केन्द्रमा कार्यरत्लो केन्द्र श्रेष्ठलाई पठाइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका दानबहादुर कार्की प्रहरी महानिरीक्षकको सर्वेन्द्र खनालको सचिवालयमा आएका छन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत् राजन अधिकारीलाई सुनसरीमा सरुवा भएको छ भने, धादिङमा कार्यरत ध्रुवराज राउत अनुसन्धान विभागमा आएका छन् ।

साथै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय, सिरहामा सरुवा भएका छन् ।

ट्राफिक प्रहरी कार्यालयबाट डम्बरबहादुर विक महानगरीय जिल्ला प्रहरी कार्यालय, धादिङ र जिल्ला प्रहरी कार्यालय, सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्