नेपाल बैंकको थप शेयर आउने



काठमाडौं, (नेस)
नेपाल बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयर थप सार्वजनिक निष्काशन गर्ने तयारी गरेको छ। उक्त कार्यका लागि बैंकले सिद्धार्थ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।

सो सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गर्नुभयो। शेयरको निष्काशन मूल्यका सम्बन्धमा बैंकले आन्तरिक गृहकार्य गरिरहेको छ। उक्त निष्काशन मूल्य नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा तय गरिनेछ।

सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत शेयर रहेको यस बैकको चुक्ता पुंँजी ८ अर्ब ४ करोड रहेको छ। बैंकले चालू आर्थिक वर्षको प्रथम ९ महिनामा २ अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ। बंैकको सञ्चालन मुनाफा ३ अर्ब १२ करोड रहेको छ। मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटीएम आउटलेट्मार्फत ्१२ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पु¥याइरहेको यस बैकले गत चैत मसान्तसम्म ९० अर्ब ८१ करोड निक्षेप संकलन गरी ७९ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्