गुण्डा नाईकेलाई सहयोग गरेको अभियोगमा पक्राउ पार्टीबाट निष्कासित



यमलाल भुसाल, बुटवल । प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाईके मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने, जिल्ला सदस्य तुल्सी न्यौपानेलेलाई जिम्मेवारीबाट हटाईएको छ ।

नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले विहिवार विज्ञप्ती निकाली उनिहरु पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको जनाएका हुन ।

इन्चार्ज न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तीमा ‘पार्टीको आन्तरिक छानविन रिपोर्ट, पार्टी केन्द्रको निर्देशन तथा अन्य विभिन्न सूचनाको श्रोतको आधार अध्ययन गर्दा गम्भिर प्रकृतीको घटना वा गतिविधिसित जोडिएको मुद्धा भएकाले र राज्यको सुरक्षा निकायबाट समेत छानविन भईरहेको हुंदा यथार्थ परक ढंगबाट सत्य तथ्य पत्ता लगाउन राजनैतिक सहजता प्रदान गर्नको लागि गिरफ्तारीमा रहेका निज लेखनाथ न्यौपाने र तुल्सी न्यौपानेलाई पार्टीको सबै जिम्मेवारीबाट हटाईएको उल्लेख छ ।

विज्ञप्तीमा मनोज पुनको गतिविधि अपराधिक गतिविधिको माओवादी केन्द्र विरोध तथा भ्रत्र्सना गर्दै आएको समेत उल्लेख गरिएको छ ।

साथै समाजमा हुने हत्या हिंसा आतंकका घटनाहरुप्रति पार्टी गम्भिर भएको र सबै पक्ष सचेत संगठित भई यस्ता अपराधिक गतिविधिको विरुद्ध अगाडी बढ्न तथा जनतामा शान्ति शुरक्षा कायम गराउन विज्ञपती मार्फत अपिल गरिएको छ ।

गुण्डाको नाईके मनोज पुनलाई उद्योगी व्यवसायीको व्यक्तिगत विवरण उपललव्ध गराउने कार्यक्रमा संलग्न भएको अभियोगमा लेखनाथ न्यौपाने, तुल्सी न्यौपाने, उत्तम आचार्य हरिप्रसाद श्रेष्ठ र रोशन खड्कालाई पक्राउ गरी वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी श्याम ज्ञवालीले सार्वजनिक गरेका थिए । उनिहरुको अनुसनधान भईरहेको प्रहरीले जनाएको छ । संगठित अपराधमा संलग्न भएको अभियोगमा एमालेका युवा संगठन युवा संघ नेपालका केन्द्रिय सदस्य सुजु मल्ललाई समेत पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्